|
|
|
| Page Hits : 11152 |
|
 |
Mercantile Exchange Blog |
 |
 |
| |
Jun 14 2016 |
| सुनको मुल्यलाई असर गर्ने तत्वहरु |
शेयर र बोन्ड जस्तो प्रत्यक्ष आम्दानी नदिएतापनि सुन अत्यन्त महत्वपूर्ण लगानी हो । मुख्यत सुनलाई आर्थिक मन्दी र महँगी बिरुद्ध लगनिकर्ताको हतियार मान्न सकिन्छ । सुन लगायत चाँदी, प्लाटिनम, प्यालडियम बढी आर्थिक मुल्य भएका ध।तुहरु हुन् । बातावरणमा भएको खानि तथा स्रोतहरुको कमीले गर्दानै यिनिहरु बहुमुल्य भएका हुन ।
थुप्प्रै तत्वहरुले सुनको मुल्यलाई असर गर्ने गरेको पाईन्छ । उपभोक्ता मुद्रास्फिती र सुनको मूल्यमा प्रत्यक्ष सम्बन्ध हुन्छ । १९७० मा मुद्रास्फितीमा चर्को ब्रिद्धी हुँदा सुनको मुल्यले नयाँ उचाइ लिएको थियो । सुनको बजार लाई असर गर्ने अर्को प्रमुख तत्व ब्य।ज्दर हो । सुनले कुनै ब्याज नदिने हुँदा सुनको मूल्य ब्रिद्धी नहुने हो भने लगनीकर्ताले आफ्नो पुँजी बढाउन सक्दैनन । तसर्थ, जब ब्याज्दर बढी हुन्छ, सुनप्रती लगनिकर्ता कम आकर्सित हुन्छन । यसको विपरित बजारमा ब्याज दर कम हुँदा सुनको भाउ बढ्ने गर्छ ।
शेयर बजारले पनि सुनको मुल्यमा असर गर्छ । शेयर बजार ओरलो लागेको बेला सुनको मूल्य माथि चढीरहेको हुन्छ । आर्थिक अनिस्चितताको बेलामा लगनिकर्ता आफ्नो पैसा सुनमा हालेर सुरक्षित गर्छन् ।
 अरु बस्तुबजारझै सुनको मूल्य पनि माग र आपुर्तीको नियमले चलाईरहेको हुन्छ । साउथ अफ्रिका, चाइना, अमेरिका, अष्ट्रेलिया, रुस, आदी सुनको प्रमुख उत्पादक हुन । विश्व आपुर्तीले सुनको मुल्यलाई असर पारीरहेको हुन्छ । सजिला खानिहरुबाट उत्पादन भाईसकेको हुनाले उत्पादनमा असहजता आएको छ । त्यसैले, सुनको मुल्य बढीरहेको हो । अमेरिकी डलर सुनको मुल्य असर गर्ने अर्को कारक तत्व हा े। सामान्यत, सुन र डलर बिपरित दिसामा चल्दछन । डलर कमजोर भएको बेला सुनको भाउ आकाशिन्छ र डलर बलियो हुँदा सुनको भाउ ओरलो लाग्छ । आर्थिक अनिस्चितताको बखतमा, लगानिकर्ताले सुनजस्तो लामो समयसम्म साथ दिने बस्तुमा आफ्नो पैसा लगानी गरेर सम्भाब्य जोखिम कम गर्ने गर्छन् ।
|
|
|
| Posted by at 4:06:55 PM |
| -------------------------------------------------------------------------------------------------------------- |
|
| Leave a Reply |
 127 Visit(s) |
|
|
|
|
| |
0 Comment(s) |
|
|
Blog Home |
|
 |
|
|
 |
|
|
|
|
|