-
कमोडिटी कारोबार सट्टेबाजहरुको लागी मात्रै हो ।
-
कमोडिटी बजार बुझ्न नै गाह्रो हुन्छ ।
-
कमोडिटी बजारमा अति धेरै उतार चढाव हुन्छ ।
-
कमोडिटी बजारमा पैसा कमाउन गाह्रो हुन्छ ।
-
कमोडिटी बजार ठूलो लगानीकर्ताको लागी मात्र हो ।
-
कमोडिटी बजारमा बस्तुको मूल्यमा छेडखानी (Manipulation) हुने गर्दछ ।
१. कमोडिटी कारोबार सट्टेबाजहरुको लागी मात्रै हो । वास्तविकता :कमोडिटी कारोबार नै मूल्यको जोखिम न्यूनीकरण गर्नको लागी हो । जहाँ उत्पादक,आयातकर्ता,निर्यातकर्ता व्यापारी लगायतले भविष्यमा हुन सक्ने मुल्यको उत्तरचढावबाट आफ्नो लगानी जोखिममा नपरोस भनेर प्रयास गर्ने बजार हो । खास गरी भविष्यको मूल्य परिवर्तनबाट हुन सक्ने घाटा वा जोखिम न्यूनीकरणको लागी कमोडिटी बजारलाई वीमाको रुपमा प्रयाग गरिन्छ । कमोडिटी बजारको मूल उद्देश्य नै यही हो । कमोडिटी कारोबारमा सामिल हुने सट्टेबाजहरुले बजारमा तरलता मात्र प्रदान गर्ने हो र सो तरलता प्रदान गर्ने हदसम्म मात्रै सिमित राख्न हरेक कमोडिटी एक्सचेन्जले कारोबार सम्बन्धी नियमको व्यवस्था गरेको हुन्छ ।
२. कमोडिटी बजार बुझ्न नै गाह्रो हुन्छ । वास्तविकता : कमोडिटी वा वस्तु मानवजिवनको दैनिक उपभोग सित जोडिएको हुन्छ । तसर्थ यो आफ्नो जिवन शैली सित जोडिएको हुन्छ । कमोडिटी बजारको मद्दतले हरेक व्यक्ति आफ्नो मासिक उपभोग्य बजेट बनाउन सक्ने हुन्छ । शेयर बजारको कुरा गर्ने हो भने त्यँहा निश्चित कम्पनीको बारेमा विस्तृत जानकारी राख्नुपर्ने हुन्छ, जुन कम्पनीले आफ्नो हितलाई ध्यानमा राखी प्रकाशमा लगाएको हुन्छ तर कमोडिटीमा त्यस प्रकारको संभावना नै रहदैन । कुनै खास वस्तुको उत्पादन,उपभोग लगायतका सो सम्बन्ध विषयको जानकारी नै काफी हुने गर्दछ । अन्य व्यवसाय जस्तै यो कारोबारले सूचना र जानकारी सँग व्यक्ति को तादाम्यताको अपेक्षा मात्रै राख्दछ ।
३. कमोडिटी बजारमा अति धेरै उतार चढाव हुन्छ । विश्वव्यापी रुपमा उपभोग हुने वस्तुहरुमा उतार चढाव हुन सामान्य कुरा नै हो,तर कमोडिटी बजारमा सामेल नभएपनि त्यो उतारचढावले हामीलाई असर गरेको हुन्छ । कपासको विश्वव्यापी मूल्यको उतार चढावले हामीले लगाउने कपडा सस्तो वा मंहगो हुने गर्दछ । तेलको अन्तराष्ट्रिय मूल्यको उतारचढावले हामीले प्रयोग गर्ने सवारी साधन को इन्धनको मूल्यमा असर गर्दछ,त्यसैगरी खाध्य सामाग्रीको अन्तराष्ट्रिय मूल्यमा हुने उतार चढावले हाम्रो दैनिक जिवनलाई असर गरिरहेको नै हुन्छ । कमोडिटी बजारले मूलयको कृत्रिम उतार चढावलाई नियन्त्रण गर्न विभिन्न उपक्रमको व्यवस्था गरेको हून्छ, बजारको आकार, प्रकृति र वस्तुको प्रकृति सित आवध्ध भैकन कृत्रिम रुपमा मूल्य उतारचढाव हुन नपाओस भनेर सो सम्बन्ध व्यवस्था गरिएको हँुदा मूल्यका उतारचढावलाई स्वभाविक स्वरुपमा मात्रै ग्रहण योग्य बनाएको हुन्छ । यस कारण कमोडिटी बजारले मूल्यको पारदर्शी आकारको संयन्त्र विकासित गरी उक्त बजारलाई व्यवस्थित तवरले संचालन हुने संयन्त्रलाई आत्मसात गरेको हुंदा वस्तुको उत्पादन, मांग, आपूर्ति, उपभोग लगायतका तथ्यबाट निर्देशित गर्ने हुंदा मुद्रास्फिती बढाउने हुदैन । मूल्यमा हुने सामान्य हेरफेरको फाइदा उत्पादक र उपभोक्ताले सोझै पाउने हुंदा मूल्यको सामान्य परिवर्तनले मुद्रास्फिती वढाउनुको सट्टा उत्पादन र उपभोक्तालाई सक्षम बनाउन सहयोग गर्दछ ।
४. कमोडिटी बजारमा पैसा कमाउन गाह्रो हुन्छ । भनाई नै छ,कमोडिटी बजारमा सबै विजेता हुन्छन । लगानीकर्तालाई पोर्टफोलियो अध्ययन र छनौटको अवसर हुन्छ भने उत्पादक,आयत निर्यातकर्ता, व्यापारीलाई आफ्नो मूल्यमा हुने जोखिम न्यूनीकरणको अवसर प्राप्त हुन्छ । लगानीकताले लगानीको न्यूनतम आधार विन्दु (सस्तोमा किन्ने महंगोमा बच्ने ) पहिल्याउन पर्दछ । भनिन्छ, लगानी र जुवामा साह्रै पातलो सिमाना कोरिएको हुन्छ । कुनै विषयमा सोको सुक्ष्म जानकारी लिएर कारोबार गर्नेहो भने त्यो लगानी हुन्छ,जानकारी वेगर भाग्यको सहारामा गरिएको कारोबार जुवा सरह हुन्छ। तसर्थ वस्तुको सुक्ष्म अध्ययन गरी लगानी गर्ने मात्र यो बजार सुहाउँदो हुन्छ । भाग्यमा विश्वास गर्ने अरुको उक्साहट वा लहैलहैमा लागेर कारोबार गर्नेहरुको लागी लगानीको कुनै पनि क्षेत्र सुहाउदो हुदैन । तसर्थ यो बजारमा पैसा कमाउन त्यो व्यक्तिको लागी गाह्रो हुन्छ जो भाग्यवादी भएरमात्र कारोबार गर्न चाहेको हुन्छ ।
५.कमोडिटी बजार ठूला लगानीकर्ताको लागी मात्रै हो । क्मोडिटी बजार सबैको लागी हो । उपभोक्ता, उत्पादक, व्यापारी, उधोगी सबै अटाउन सक्ने खालको बजार नै कमोडिटी बजार हो । आफ्नो क्षमता अनुसारको वस्तु कमोडिटी बजारमा उपलब्ध हुने हुँदा यो बजारले सबै प्रकारका बजार सहभागीलाई स्थान दिएको हुन्छ ।
६. कमोडिटी बजारमा बस्तुको मूल्यमा छेडखानी (Manipulation) हुने गर्दछ । कमोडिटी बजार स्वतन्त्र र पारदर्शी मूल्य नविकरण हुने थलो हो । जहा कमोडिटी बजारका सहभागीले वजारमा वस्तुको मांग, आपूर्ती, उत्पादन, उपभोग समेतका तथ्यांकको आधारमा स्वतन्त्र रुपमा खरिद र विक्री मूल्य प्रदान गरिएको हुन्छ र क्रेता र विक्रेताका मूल्य मिलेमा उक्त मिलेको मूल्य र परिमाण कारोबारको रुपमा रुपान्तन्त हुन्छ । साथै बजार सहभागीहरुले वस्तुको परिमाण र मूल्यमा आफुखुशी बजारलाई संचालनगरी नसकुन भनी निश्चित मापदण्ड तोकिएको हुन्छ र सो मापदण्डहरुको परिपालन भए नभएको कुरा कडाईका साथ अनुगमन गर्ने व्यवस्था समेत गरिएको हुन्छ । तसर्थ कमोडिटी बजारमा मूल्यमा चलखेल गर्ने उद्देश्यले साथ सहभागी हुन खोज्नेहरुलाई निरुत्साहित गर्ने र बजारको नियम वमोजिम बजार संचालन हुने परिपाटीलाई वढावा दिने सन्यन्त्रहरु संस्था गत गरिने हुदा मूल्यमा छेडखानी हुदैन ।
|