|
|
|
| Page Hits : 11152 |
|
 |
Mercantile Exchange Blog |
 |
 |
| |
Dec 12 2012 |
| अन्तराष्ट्रिय बजारमा कफीको मूल्यबृद्धि हुने संकेत |
भियतनाम संसारको सबभन्दा ठूलो कफी उत्पादक भएको कुरा प्रायः लगानीकर्ताले थाहा पाएकै कुरा हो । नेस्ले कम्पनी कफी उत्पादनमा संसारमै नाम कमाएको कम्पनी हो । हामी सबैले कफी पिउने गरेका छौं भने यदाकदा हामीले पनि नेस्लेको कफी पिएकै हुनुपर्छ । यस कम्पिनीले भियतनाम बाट रोबष्टा भन्ने कफी किसिमको सबभन्दा बढी माग गरी उत्पादन गर्ने राष्ट्र हो तर अहिलेको समय पहिले जस्तो रहेन । अहिले यस कम्पनीले आफ्नो बिक्रि घटाउने रणनीति अवलम्बन गरेको छ जसले गर्दा कफीको मूल्य समायोजनको योजना अनुरुप यो रणनीति अवलम्बन गरिने लागेको देखिन्छ । अहिले भियतनामका कफि किसानहरुले ७५ प्रतिशत कफि जम्मा गरी यस कम्पनीलाई बेच्ने तयारीमा रहेका छन् । यस बर्ष कफी बाली लगभग १२ प्रतिशतले घट्ने प्रक्षेपण त्यस क्षेत्रका विज्ञहरुको छ । यी सबै घटनाले कफीको मूल्य लण्डनको बजारमा मात्रै १४ प्रतिशतले उक्लने देखिन्छ । एक हिसाबले यो राम्रो खबर देखिएपनि लामो अवधिमा विचार गर्दा यो मूल्य साह्रै नै बाष्पीय देखिन्छ । त्यहाँका किसानहरुले पनि अब बाँकीका बाली मूल्यबृद्धि भएपछि मात्र उद्योगमा पठाउने अडान राखेका छन् । यसपलिको खडेरीको पनि ठूलो असर परेको देखिन्छ कफी उत्पादनमा । अब उद्योगहरुले पनि उच्च सतर्कता अपनाएर कफी उत्पादन गर्ने भएकाले आशा गरौं कफीको मूल्य वृद्धि भएको हामीले पाउने छौ ।
|
|
|
| Posted by at 2:57:26 PM |
| -------------------------------------------------------------------------------------------------------------- |
|
| Leave a Reply |
 34 Visit(s) |
|
|
|
|
| |
0 Comment(s) |
|
|
Blog Home |
|
 |
|
|
 |
|
|
|
|
|